स्वीडेनमा छात्राको योनि काट्ने प्रथा

काठमाण्डु टुडे २०७१ असार ८ गते ९:१४ मा प्रकाशित

काठमाण्डु – स्वीडेनको एक विद्यालयमा एउटा कक्षाका सबै छात्राका योनि काटिएको एक अध्ययनले पत्ता लगाएको छ ।जसलाई ‘फिमेल जेनिटल म्यूटिलेशन’ भनिन्छ ।

छात्राहरुको योनिको माथिल्लो भागमा रहेको ‘क्लिटोरिस’ अर्थात भंगाकुर काटेर सिलाई दिएको पत्ता लागेको छ । योनिको थोरै भाग मात्र छोडेको पाइएको छ ।

धार्मिक तथा सामाजिक परम्परा भन्दै त्यहाँका बासिन्दाले कठोर कार्यलाई निरन्तरता दिने गरेको बताएका छन् । छात्राहरुलाई विवाहका लागि तयार पार्ने मान्यताका नाममा यो प्रथालाई अपनाउँदै आएका छन् । जसबाट मानसिक र शारीरिक दुष्प्रभाव पर्ने र संक्रमण हुने संभावना रहन्छ ।

सन् १९८२ देखि यो प्रथालाई कानुनी रुपमा बन्देज लगाइएको थियो । १९९९ देखि विदेशमा समेत कारवाही हुने कानुन ल्याइएको थियो । तर त्यहाँका बासिन्दाले नकारिरहेका छन् ।

यो कुप्रथाको समस्या ब्रिटेनमा पनि रहेको छ । एक अनुमानअनुसार १५ बर्षभन्दा कम उमेरका २० हजार छात्रा कुुप्रथाबाट खतरामा रहेका छन् र ६० हजार यसबाट िविश्व

स्वास्थ्य संगठनका अनुसार अफ्रिका र मध्य पूर्वका २९ देशमा १२ करोड महिला पिडित भएको तथ्याङक सार्वजनिक गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us