
काठमाण्डु, २३ जेठ– भारतीय प्रधानमन्त्री नरेन्दै मोदीको पहिलो विदेश भ्रमण भुटानबाट हुने भएको छ ।
प्रधानमन्त्री भएपछि पशुपतिनाथ दर्शनका लागि मोदी पहिलोपटक नेपाल आउने बताइएको भए पनि उनी भुटान जाने भएका हुन् ।
मोदीले यसै महिनाको अन्तिममा भुटान जाने तयारी गरेका छन् । नेपाल भने आगामी नोभेम्बरमा हुने दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ सम्मेलनमा सहभागी हुन मात्र नेपाल आउने भएका छन् ।