हलिउड स्टार हुन चाहन्छन् दीपक मनाङ्गे पुत्र

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ७:४० मा प्रकाशित

siddhartha

चर्चित डन दिपक मनाङ्गेका जेठा छोरा सिद्धार्थ अमेरिकी चलचित्र क्षेत्र (हलिउड) नायक बन्न चाहन्छन् ।

त्यसका लागि उनी केही महिनापछि अध्ययन र टेनिङका लागि अमेरिका जाँदैछन् । आफूले न्यूयोर्क फिल्म एकेडेमी लस एन्जलसबाट चलचित्र विषयमा स्नात्तकोतर गर्न लागेको सिद्धार्थले काठमाण्डु टुडेलाई बताए ।

त्यसपछि उतै फिल्म खेलेर विश्वभर आफ्नो नाम चलाउने उनको धोको छ । ‘हलिउडमै खेल्ने इच्छा छ’, सिद्धार्थ भन्छन्, ‘तर मानिसलै राखेका सबै इच्छा पूरा नहुन पनि सक्छ ।’ हालका प्रधानमन्त्री सुुशील कोइरालाको हलिउड स्टार हुने चाहना पूरा नभएको बारे आफूलाई थाहा भएको उल्लेख गर्दै उनले अमेरिकामा सफल नभए नेपालकै फिल्म क्षेत्रमा तहल्का मच्चाउने योजना रहेको सुनाए । ‘अहिलेका प्रधभानमन्त्री पनि हलिउड स्टार हुन चाहन्थे’, सिद्धार्थले भने, ‘बूढा ह्याण्डसम पनि हो, गोरो अग्लो मान्छे, तर राजनीतिमा लागेर बिग्रिएछन्, हिरो हुन सकेनन् ।’

सिद्धार्थले आफ्नै बाबु दिपक निर्माता रहेको वन–वे नामक चलचित्रमा नायकको भूमिका निर्वाह गरेका छन् । उक्त चलचित्र छिट्टै प्रदर्शनका क्रममा रहेको उनले बताए । भारतीय नायक साहरुख खानले विद्यायलतहको अध्ययन गरेको सेण्ट कोलम्बस स्कुल अफ दिल्लीकै संस्थाले सञ्चालन गरेको दार्जिलिङको हिमाली बोर्डिङ स्कुलबाट विद्यालय तहको अध्ययन सकेका उनले त्यसैबेलादेखि आफूमा फिल्म स्टार बन्ने चाहना पलाएको बताए । सिथाद्र्धले बालुवाटारस्थित मल्पी इन्टरनेशनल कलेजबाट एलेभलको अध्ययन पूरा गरेका छन् ।

milan chakreko chhoro

मेरो बुबा मेरा लागि भगवान
मेरो बुबाको जन्म भारतको दार्जिलिङमा भएको हो । सानैदेखि दुःखमा हुर्किनुभयो । एउटा भाई र बहिनीसहित परिवारको जिम्मेवारी उहाँकै काँधमा थियो । त्यो राम्ररी पूरा गर्नुभयो । विवाह भएपछि हामी जन्मियौं । उहाँ नेपाल आउनु भयो र व्यवसाय गर्नुभयो । उहाँ इण्डियामा जन्मे हुर्केका कारण रात्रि व्यवसायको आइडिया भएको मान्छे हो ।

नेपालमा सबैभन्दा पहिला रात्रि व्यवसाय गर्नुभयो । ठमेलमा डान्स, डिस्को र रेण्टुरेष्ट खोल्नुभयो । रात्रि व्यवसाय आफैंमा नराम्रो होइन । राज्यको अर्थतन्त्रलाई त्यसले टुवा नै पु¥याउँछ । विदेशीहरु र पैसा भएका नेपालीहरु पनि खर्च गर्न त्यहाँ आउँछन् । ह्याप्पी भएर फर्कन्छन्, मुलुकलाई त्यसले के बेफाइदा गर्छ र ?

नेपालमा डन भनेको के हो कसैलाई थाहा छैन
मेरो बुबालाई कसैले डन भन्छन् । कसैले दीपक दाई भन्छन्, कसैले अपराधी भन्ला, कसैले समाजसेवी र कसैले सहयोगी भावना भएको असल साथी भन्ला । मेरो लागि उहाँ भगवान हो । केही गरौं भन्ने भावना भएको, निडर योद्धा हो उहाँ ।

ठमेलका व्यापारीलाई सोध्नुस दीपक मनाङ्गेले आरोप लगाइए जसरी हत्ता उठाउँछ, गुण्डागर्दी गर्छ भन्ने एक जना मान्छे देखाउनुस् म चुनौती दिन चाहन्छु । बरु बुबा नहुने हो भने प्रहरी र टोले गुण्डाहरुले हप्ता उठाएर यहाँका व्यापारीलाई हैरान पार्छन् । हप्ता असुलीको पैसा प्रहरीका ठूला हाकिमदेखि गृहमन्त्रीसम्म पुग्छ ।

दीपक मनाङ्गेका कारण हत्या असुली नहुने भएपछि उहाँमाथि सबै खनिएका हुन् । नेपालमा कसैले पनि डन भन्ने शब्द नै बुझ्दैनन् । अमेरिका, इटलीजस्ता पश्चिमा मुलुकमा राम्रो काम गर्ने, प्रतिष्ठित मान्छेलाई डन शब्दले सम्बोधन गरिन्छ । तर यहाँ त जो पनि डन हुन्छ । कसैमाथि दुई थप्पड हान्ने फुट पाथेहरु पनि डनका रुपमा चिनिन्छन् । मिनिङ थाहा नभएकाहरुबाट डन शब्दकै अपमान भइरहेको छ ।

राजनीतिमा लाग्दैमा के सबै नेता हुन्छ ? के फेसबुकमा स्टाटस लेख्दैमा कोही पत्रकार हुन्छ र ? पत्रकारको काम सूचना दिनु हो । त्यस हिसाबले फेसबुकको स्टाटसबाट पनि सूचना त पाइन्छ । तर फेसबुक चलाउने सबै पत्रकार हुन्छ र ?

यसरी भनियो डन
बुबाले नै पहिलोचोटि नेपालमा नाइट लाइफ सुरु गर्नुभएको हो । व्यापार राम्रो भयो । उहाँको प्रगति धेरै धेरैलाई डाहा भयो । प्रहरी हत्पा उठाउन आउने, लोकल गुणडहरु हप्ता उठाउन आउने । त्यसपछि उहाँले बन्सरहरु राख्नुभयो । पैसा दिनुभएन, बरु बन्सर लगाएर उनीहरुलाई लखेट्नुभयो ।

ठमेललाई हप्ता असुलीबाट मुक्त गरेका कारण उहाँका विरुद्ध राज्य नै लाग्यो । किनकी राज्यमा बस्नेहरु सबै हप्ता असुली खानेहरु छन् । उनीहरुले नै डन भने । राज्यले जवर्जस्ती डन बनाएको हो । मिडियाले पनि डन नै भन्छ । तर यसमा मिडियाको धेरै दोष म देख्दिन ।

नेपालको मिडिया विकासकै क्रममा छ । उसको सूचना स्रोत नै कमजोर छ । पुलिसहरु दीपक मनाङ्गेलाई समातेर हिरो बन्न खोज्छन् । नेताहरुलाई नै उहाँको सहयोग चाहिन्छ ।

नाम भन्न चाहान्न तर दीपकजी सहयोगव गर्नुप¥यो भन्ने नेता सबै पार्टीमा छन् । उहाँले सहयोग पनि गर्नुभएको छ । कुनै बेला आवश्यक प¥यो भने भनौंला ।

बुबाजस्तै बन्छु

म पनि भविष्यमा बुबाजस्तै बन्न चाहन्छु । तर तरिका फरक हुनसक्छ । बुबाले आफ्नो नाम र पहिचानका लागि लड्नुभएको छ । उहाँ कसैसँग डराएर झुकेको भए आज यो ठाउँमा हुनुहुन्थेन । उहाँको हैसियत गल्लीमा चहार्ने कुकुरको जस्तो हुन्थ्यो । तर उहाँले निडरतापूर्वक कसैसँग झुक्नु भएन । किनकी उहाँले गल्ती गर्नुभएकै छैन ।

म पनि आफ्नो नाम राख्ने काम गर्छु । बुबाजस्तै म पनि गलत कुरामा कसैसँग झुक्दिन । पढेलेखेको मान्छे हुँ । चलचित्र, मानवअधिकार र व्यापारिक क्षेत्रमा सँगसँगै अगाडि बढेर नाम कमाउन चाहन्छु । बुबा असल मान्छे हुनुहुन्छ । अरुका लागि जेसुकै होस्, कसले के भन्छ मलाई सरोकार छैन । तर म यत्ति भन्छु बुबाकै बाटो हिंड्छु, उहाँको लागि नर्कमा नजान तयार छु ।

दीपकको छोरा भनेर माया गर्छन
म धेरैजसो ठाउँमा आफूलाई बुबाको नामले चिनाउन चाहन्न । चिन्नेले माया गर्छन् । उनीहरु मसँग ‘इम्प्रेस’ हुन्छन् । त्यो बुबाकै कारणले भएको हो भन्ने मलाई लाग्छ ।

बुबा गलत मान्छे भएको भए मलाई किन सबैले माया गर्र्थे । डराएर सकैले त्यस्तो गर्छ ? आजको दुनियाँमा कुटेर, थर्काएर कोही कसैको मान्छे हुन सक्दैन । हो एकदुर्इीपटक होला तर के सधैं त्यस्तो हुन्छ ।

मलाई ठमेलका सबै प्यापारीले माया गर्छन्, बाबु भतिज भनेर बोलाउँछन् । के बुबाले नराम्रो गरेको भए उनीहरुले मलाई माया गर्थें । त्यहाँबाट पनि मलाई थाहा भयो कि बुबा गलत मान्छे होइन ।

मलाई दीपक मनाङ्गेको छोरा भएकामा गर्व छ । बुबाले भन्नुहुन्छ, ‘गल्ती छैन भने कसैसँग डराउनुपर्दैन’, यसलाई मैले मन्त्रका रुपमा लिएर अघि बढेको छु ।

रमेश खरेल आईजी, दीपक मनाङ्गे गृहमन्त्री

केही वर्षअघि रमेश खरेल एसपी हुँदा काठमाण्डु प्रहरी प्रमुख थिए । अहिले फेरि दोहो¥याएर आएका हुन् । त्यतिबेला उनले बुबाका साथी उमेश गुरुङलाई पक्राउ गरेछन् ।

बुबा उमेश अंकललाई छुटाउन हनुमानढोका जनुभयो । रमेश खरेलले त्यस दिन सोधेछन्, ‘दीपक नेपालबाट गुण्डागर्दी कसरी अन्त्य गर्न सकिएला ? बुबाले हास्ँदै भन्नुभएछ रमेश म गृहमन्त्री र तिमी प्रहरी प्रमुख भएको दिन नेपालबाट गुण्डागर्दी अन्त्य हुन्छ । बुबाको कुरा सुनेर उनी रिसाएछन् । त्यसपछि झन रिस गर्न थाले ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us