तेइस सहकारी खारेज हुँदै

काठमाण्डु टुडे २०७१ जेठ ४ गते १२:४४ मा प्रकाशित

विराटनगर, ४ जेठ – सहकारी ऐनअन्तर्गत दर्ता भई लामो समयदेखि निस्कृय रहेका यहाँका २३ सहकारी संस्थाको खारेजी प्रक्रिया अगाडि बढाइएको छ ।

डिभिजन सहकारी कार्यालय मोरङका अनुसार विगत दुई वर्षदेखि साधारणसभा नगरेका, लेखा परीक्षण नगराएका, मासिक प्रगति विवरण नपठाएका र कारोबार नगरेका संस्थामाथि खारेजी प्रक्रिया अगाडि बढाउन सूचनासमेत जारी गरिएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार यसरी कारबाहीमा परेका सहकारीहरुमा जनता ग्रामीण विद्युत् वितरक सामुदायिक सहकारी संस्था बाहुनी, जय किसान कृषि सहकारी संस्था अमरदह, ज्योतिलिङ नारी बचत तथा ऋण सहकारी संस्था हात्तिमुडा, दिया बचत तथा ऋण सहकारी संस्था रङ्गेली, आमातोला बचत तथा ऋण सहकारी संस्था रङ्गेली, जनपथ उपभोक्ता सहकारी संस्था उर्लावारी रहेका छन् ।

यसैगरी, बाहुनी बहुउद्देश्यीय सहकारी संस्था बाहुनी, शलकपुर कृषि सहकारी संस्था वयरवन, दीर्घायु बचत तथा ऋण सहकारी संस्था झोराहाट, परोपकार स्वास्थ्य सेवा सहकारी संस्था बेलवारी, सहयोगी सहकारी संस्था विराटनगर, कोसी बहुुमुखी दुग्ध उत्पादक सहकारी संस्था दर्वेशा, सम वचत तथा ऋण सहकारी संस्था मझारे, मातृभूमि कृषि उत्पादक तथा प्रशोधन सहकारी संस्था बाहुनी, नवनिर्माण बचत तथा ऋृण सहकारी संस्था विराटनगर, वयरवन दुग्ध उत्पादक सहकारी संस्था वयरवन, नवकिरण बहुउद्देश्यीय सहकारी संस्था दर्वेशा, इमानसिंह मार्ग ग्रामीण विद्युत् उपभोक्ता सहकारी संस्था पथरी, सत्य ओमसाई बचत तथा ऋण सहकारी संस्था विराटनगर र तुलसी बहुमुखी सहकारी संस्था विराटनगर पनि खारेजीको सूचीमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us