
काठमाण्डु, ४ जेठ – काठमाण्डुवाट रामेछाप र रामेछापवाट सोलुखुम्बुका लागि विमानको उडान र अवतरण दुई हप्तादेखि रोकिएको छ । सदरमुकाम मन्थलीमा रहेको धावनमार्गमा खाल्डाखुल्डी परेपछि दुइहप्ता देखि उडान र अवतरण हुन नसकेको हो ।
गोमा, काष्ठमान्डप र तारा एयरका विमान चालकले धावनमार्ग मर्मत सम्भारका लागि नागरिक उडड्यन प्राधिकरण शाखामा लिखित अनुरोध गर्दै उडान वन्द गराएका हुन् ।
रामेछापको विमानस्थलवाट गोमा एयर र काष्ठमान्डप एयरले सोलुखुम्बुका लागि कार्गो उडान भर्दै आएका छन् भने तारा एयरले हरेक हप्ताको शुक्रवार काठमाण्डु रामेछापको लागि सिधा उडान भर्दै आएको छ ।