लिम्बुवानद्धारा ताप्लेजुङ वन्द

काठमाण्डु टुडे २०७१ जेठ ४ गते ५:२३ मा प्रकाशित

काठमाण्डु, ४ जेठ –  दोस्रो संविधानसभाको निर्वाचनमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको माग गर्दै संघीय लिम्वुवान राज्य परिषदले आइतबार ताप्लेजुङ बन्द गरेको छ । बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बन्दको कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधान चल्न सकेका छैनन् भने, बजार पसल, कलकारखा, उद्योगधन्दा र विद्यालय क्यम्पस विहानै देखि बन्द रहेका छन् ।

निर्वाचनमा राजनैतिक विरोध जनाउने क्रममा पक्राउ परेका संघीय विद्यार्थी युनियनका ताप्लेजुङ उपाध्यक्ष ऋतु थेवे, अन्य कार्यकर्ता सागर पन्धाक, विचिन्द्र मावो, विट्चन आङवुहाङ र धनवहादुर मादेनलाई विना सर्त रिहाको माग गर्दै जिल्ला बन्दको आह्वान गरिएको परिषदले जनाएको छ ।

झुटो आरोपमा आफ्ना ५ जना कार्यकर्तालाई ताप्लेजुङको जेलमा बन्दि वनाइएको भन्दै तत्काल रिहा नगरे जेठ ७ गते मेची राजमार्ग वन्द र जेठ ११ गते पुर्वका नौ जिल्ला बन्द गर्ने चेतावनी लिम्बुवानको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us