डढेलो नियन्त्रणमा आउन सकेन

काठमाण्डु टुडे २०७१ जेठ ३ गते ८:१६ मा प्रकाशित

धनगढी, ३ जेठ – कैलालीको पहाडी क्षेत्र सहजपुर र खानीडाँडाको चुरे जङ्गलमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

हावाहुरी चल्ने क्रम नरोकिएको र पर्याप्त जनशक्तिको अभाव रहेका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ भएको जिल्ला वन अधिकृत मुरारीप्रसाद पोखरेलले बताए ।
डढेलोका कारण चुरे क्षेत्रमा रुख बुट्यान जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us