भैंसीलाई करणी गरेको आरोपमा युवक पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख- प्रहरीले भैंसीलाई करणी गरेको आरोपमा काभ्रेबाट एक युवकलाई पक्राउ गरेको छ ।

काभ्रेको मथुरापाटी फूलबारी गाविसका राकेश बिकलाई छिमकेकीको भैंसीलाई करणी गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई बुझाएका हुन् ।

बिकले छिमेकी शंकर न्यौपानेको १० वर्षको गर्भवती भैंसीलाई करणी गरेको प्रहरीको भनाइ छ । काभ्रेपालञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us