थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते ९:०२ मा प्रकाशित

telicomनेपाल टेलिकमले मुलुकभर थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट सेवा विस्तार कार्यलाई तीव्रता प्रदान गर्ने जनाएको छ ।

नेपाल टेलिकमका सेवाको गुणस्तर र सेवाका बारेमा आमसञ्चार माध्यमलाई अद्यावधिक गराउने उद्देश्यले साेमबार आयोजना गरिएको कार्यक्रममा भविष्यमै मुलुकका सबै जिल्लामा ती सेवा पुर्‌‍याउने कार्यलाई प्राथमिकता दिएको बताइयो ।

नेपाल टेलिकमका अहिले एक करोड दुई लाखभन्दा बढी ग्राहक रहेका छन् । उक्त संस्थानले सरकारलाई अहिले वार्षिक ३८ अर्ब ८५ करोड राजस्व बुझाउँदै आएको छ । नेपाल टेलिकमबाट हाल जीएसएम मोबाइल ८४ लाख २९ हजार ४०, सिडीएमए मोबाइल ११ लाख ७१ हजार, स्थानीय टेलिफोन छ लाख ४७ हजार ८०२, एनटी स्याट ५२८, भि–स्याट ३६० एमएआरटीएस ३०६ र भिएचएफको २४ समेतका भ्याइस सर्भिसका सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै इन्टरनेट र डाटा सर्भिसतर्फ ४२ लाख ४७ हजार २७२ जना ग्राहकलाई नियमित सेवा दिइरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us