सरकारले सार्क शिखर सम्मेलनको तयारी थाल्ने

काठमाण्डु टुडे २०७० चैत १२ गते १२:०१ मा प्रकाशित

SAARC-LOGOकाठमाण्डु, १२ चैत – सरकारले १८ औँ सार्क शिखर सम्मेलनका लागि आवश्यक तयारीका कार्यहरू अगाडि बढाउने भएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्री तथा अन्य मन्त्रीहरूको उपस्थितिमा भएको बैठकले आगामी नोभेम्बरमा हुने सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले १८ औँ सार्क शिखर सम्मेलन भव्यताका साथ आयोजना गर्न आवश्यक तयारीका कार्यहरू अगाडि बढाउने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us