प्रधानमन्त्री कोइराला र प्रचण्डबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० फागुन २६ गते १०:१८ मा प्रकाशित

prachanda-sushilकाठमाण्डु, २६ फागुन – प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा  जारी भेटमा समसामयीक राजनीतिक अवस्था, संविधानसभाको नियमावली मस्यौदामा देखिएको विवाद लगायतका विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको निजी सचिवालायले जनाएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएको झण्डै दुई महिना पछि कोइराला प्रचण्डलाई भेट्न लाजिम्पाट पुगेका हुन् । यसअघि आइतबार कोइरालाले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us