मन्त्रिपरिषदको दोस्रो बैठक जारी

काठमाण्डु टुडे २०७० फागुन २६ गते २:१० मा प्रकाशित

काठमाण्डु, २६ फागुन– मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सुशील कोइराला नेतृत्वमा गठित गठबन्धन सरकार विस्तार भएपछि मन्त्रिपरिषद्. बैठक बसेको cabinet यो दोश्रोपटक हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकले मुलुकको शान्ति सुरक्षा, विभिन्न मन्त्रालयगत एजेण्डा तथा राजनीतिक नियुक्तिलगायत विषयमा निर्णाय लिने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री कोइरालाले बिमस्टेक बैठकमा नेपालको सहभागिता र उपलब्धीबारे जानकारी गराउने छन्। यसैबीच केन्द्रीय सुरक्षा समितिको बैठक पनि आजै बस्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us