वातावरण प्रदुषण गर्ने ८२ उद्योग कार्वाहीमा,तिब्बतलाई बिश्वकै सफा क्षेत्र बनाउने दावी

काठमाण्डु टुडे २०७० फागुन १८ गते ४:४७ मा प्रकाशित

ल्हासा फागुन- तिब्बत पर्यावरण संरक्षण गर्न तिब्बत स्वायक्त प्रदेशको वातावरण संरक्षण मन्त्रालयले वातावरण प्रदुषण गर्ने ८२ वटा उद्योगलाई कार्वाही गरेको छ ।CHINA-TIBET-LHASA-POTALA PALACE-REPAINTING (CN)
बढी नै वातावरण प्रदुषण गर्न केहि उद्योगलाई सो मन्त्रालयले बन्द नै गराएको छ । ती उद्योगहरुले निश्चित समय वातावरण सुधार गरेर सञ्चालन गर्न सक्ने पनि सो मन्त्रालयले जनाएको छ ।
सन २०१३ को अन्त्यसम्म ती मध्ये ६५ वटा उद्योगग बन्द भएका थिए । ती मध्ये कतिपय उद्योगले वातावरण सुधार गरेर पुन सञ्चालनमा ल्याएका छन । चीनको राज्य परिषदले सार्वजनिक गरेको तिब्बतको बिकास तथा प्रगति सम्बन्ध श्वेत पत्रमा तिब्बतको पर्यावरण तथा सभ्यता निर्माणबाट उपलब्धी हासिल भएको छ ।
तिब्बत अव बिश्वमा सबै भन्दा सफा क्षेत्र मध्ये एक रहेको दावी चिनिया सञ्चारमाध्यमले गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us