दुर्घटनामा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १६ गते ११:५७ मा प्रकाशित

कैलाली, १६ फागुन – कैलालीमा शुक्रबार भएका छुट्टा–छुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कर्णाली चिसापानीमा बिहान ना ३ ख २०९४ नम्बरको ट्रिपरले किच्दा सहचालक हेमन्त मगरको मृत्यु भएको  हो ।

ट्रिपर सफा गर्दै गर्दा एक्कासी ट्रिपर चलेपछि किचिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा फूलवारीमा एक जनाको मृत्यु भएको छ ।

से १ प ७२०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक फूलबारी–८ का धनबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us