गाँजाकाबारेमा यस्ता गीत ( हेर्नुहोस् भिडियो )

काठमाण्डु टुडे २०७० फागुन १५ गते ३:२१ मा प्रकाशित

baba shiva ratri काठमाण्ड, १५ फागुन – धेरैका आँखा छलेर गाँजा तान्ने ‘लत’ भएकालाई शिवरात्री ठूलै पर्व जस्तो हुन्छ । कोही रहरले तान्छन त कोही तलतली मेटाउन ।

शिवरात्रीमा गाँजा, भाङ् र धतुरो खानेको जमात पशुपति क्षेत्रमा बाक्लै छ । धेरैजसो त शिवरात्रीको अघिल्लो दिन नै पशुपति पुगेर ‘बाबा’सँग किनेर समेत गाँजा खाइसकेका छन् । शिवरात्री पर्व भन्दा पनि युवा पुस्ताले फुक्का फाल आफु अनुकुल गाँजा, चुरोट तान्ने दिनका रुपमा परिभाषित गर्दैछन् ।

धार्मिक आस्थाले भन्दा धेरै गाँजा तान्नकै लागि पुग्छन् पशुपति । बिहानदेखि रातिसम्म गाँजाको नशामा लठ्ठिनेको कमी छैन पशुपतिमा । खुलेआम गाँजा खान नदिने बताएपनि सवैको मुखमुखमा पुग्न पनि सक्दैनन प्रहरी ।

त्यसैले गाँजाका अम्मली शिवरात्रीको निहूँमा पुरै दिन लठिठएर बिताउँछन् । पछिल्लो समय सामाजिक सञ्जालमा समेत बुङबुङ्ती धुँवा उडाएका फोटा पोष्ट गरिरहेका हुन्छन तन्नेरीहरु । यसले पनि प्रष्ट हुन्छ युवा पुस्ता र समाज कता जाँदैछ भन्ने ।

यी सवै कुरालाई समेटेर गीत समेत बनेका छन् । लोक, पप र भजन बनेका छन गाँजाकै बारेमा । गायक रामजी नेपालीले ८ बर्ष अघि नै एउटा एल्बम निकालेका थिए । ‘जवानीमा तानेको गाँजा’ नामको । चेतनामुलुक थियो त्यो गीत ।

त्यस्तै गायक बुद्धिराम शर्माले ‘कुबुद्धिमा शुद्धि भरिदेऊ’ नामको गीत गाएका छन् । दुवैका गीतले गाँजाले घर र समाज बिगारको आसय छ । केही महिनाअघि प्रर्दशनमा आएको नेपाली चलचित्र ‘मोक्ष’मा पनि गाँजाकै गीत राखिएको छ । तन्नेरी पुस्ताले निक्कै मन पराए त्यो गीत ।



Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us