एमाले केन्द्रीय समिति बैठक जारी

काठमाण्डु टुडे २०७० फागुन १० गते २:४४ मा प्रकाशित

uml officeकाठमाण्डु, १० फागुन– पार्टीको आसन्न नवौं महाधिवेशन र सरकार गठनअघि काँग्रेससँग भएको सात बुँदे सहमतिलगगायत विषयमा छलफल गर्न एमाले केन्द्रीय समिति बैठक बसिरहेको छ ।
बैठक पार्टी मुख्यलय बल्खुमा मध्याह्नबाट सुरु भएको हो ।

केही दिनअघि बसेको स्थायी समितिले ९ वैशाखमा हुने भनिएको महाधिवेशन मदन तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको स्मृति दिवसको अवसर पारेर जेठ ३ गते उदघाटन गर्ने गरी पर सार्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको आजको बैठकमा उक्त निर्णय अनुमोदनका लागि पेश गर्ने कार्यक्रम छ । यस्तै नेपाली काँग्रेसले गृह मन्त्रालय दिन नमानेको विषयमा समेत बैठकमा छलफल हुने नेता गोकर्ण विष्टले जानकारी दिए ।

पूर्वसहमतिअनुसार गृह मन्त्रालय नदिएको भन्दै काँग्रेससँग चिढिएको एमालेले गृह नपाएसम्म सरकारमा नजाने निर्णय गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us