कतारी प्रधानमन्त्रीलाई प्रचण्डले भने, ‘नेपाली श्रमिकको तलब बढाइदिनुस’

काठमाण्डु टुडे २०७० फागुन ८ गते १२:५५ मा प्रकाशित

दोहा, फागुन– कतार भ्रमणमा रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

prachanda-quatari pmदोहास्थित प्रधानमन्त्री कार्यालयमा उनले बिहीबार पूर्वप्रधानमन्त्रीका हैसियतमा कतारी प्रधानमन्त्री अब्दुल्लाह विन नासिर विन अल थानीलाई भेटका हुन् । भेटमा द्विपक्षीय हितका साथै नेपाली श्रमिकहरुका समस्याबारे कुराकानी भएको भ्रमण टोलीमा रहेका प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।

उनका अनुसार कतारी प्रधानमन्त्रीलाई प्रचण्डले नेपाली श्रमिकलाई पारिश्रमिक अनुसारको सेवा सुविधा र सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री थानीले सरकारले त्ययस सम्बन्धमा तत्काल सकारात्मक कदम चाल्ने बताएका छन् । उनले नेपालबाट दक्ष जनशक्ति पठाउनेबारे पहल गर्न प्रचण्डलाई आग्रह गरे ।

कतारी प्रधानमन्त्री नेपालीबाट प्रभावित भेटमा कतारी प्रधानमन्त्री थानीले नेपालीहरुको व्यवहार र इमानदारिताको खुलेरै प्रसंशा गरेका थिए । उनले कतारको विकासमा नेपालीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

नेपाली श्रमिहरुका कारण दुई देशबीचको मित्रता गाढा भएर गएको बताए । ‘म नेपालीहरुको इमान्दारिता र लगनशीलताप्रति खुसी छु’, थानीको भनाइ उद्धृत गर्दै खड्काले काठमाण्डु टुडेसँग भने, ‘दुई देशबीच भावनात्मक सम्बन्ध सुधारमा नेपाली श्रमिकहरुको ठूलो भूमिका छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us