एमाले सरकारमा आउँने सिटौलाको दावी

काठमाण्डु टुडे २०७० फागुन ७ गते १२:५३ मा प्रकाशित

Krishana-Prasad-Sitaulaविराटनगर, ७ फागुन – नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले  नेकपा एमालेको सहभागितामा यही फागुन १० गतेभित्र मन्त्रिमण्डल विस्तार हुने दावी गरेका छन् ।

विराटनगरमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै सिटौलाले छलफलबाट विश्वासको वातावरण सिर्जना गरी गृहमन्त्रालयसहितको मन्त्रिमण्डल विस्तार हुने दावी गरेका हुन् । प्रधानमन्त्री सुशील कोइरालाले एमालेका शीर्ष नेताहरुसँग वार्ता एवम् छलफल गरिरहेको सिटौलाको भनाई छ ।

‘गृहमन्त्रालय एमालेलाई दिने विषयमा विगतमा कुनै सहमति भएको छैन,’ सिटौलाले भने, ‘सरकारभन्दा ठूलो संविधान भएकाले एमाले र काँग्रेसको एकताबाट नै संविधान जारी हुनसक्छ ।’

साथै उनले अन्तरिम संविधान परिमार्जन गरी दलहरुको सहमतिमा आगामी ६ महिनाभित्र स्थानीय निर्वाचन गर्ने विश्वास व्यक्त गरे । २६ जना सभासद् मनोनयनका विषयमा दलहरुबीच सहमति कायम गरी अघि बढ्ने उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us