संविधानसभाले आज अध्यक्ष पाउँदै, नेम्वाङ पक्का

काठमाण्डु टुडे २०७० फागुन ६ गते २:०५ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– संविधानसभा अध्यक्ष चयनका लागि व्यवस्थापिका–संसदमा आज मतदान हुँदैछ ।
ca houseसभाध्यक्ष चयनका लागि साँझ ५ बजे संसद बैठक बोलाइएको छ । दलहरुबीच सहमति हुन नसक्दा बहुमतीय प्रक्रियाबाट सभाध्यक्ष चयन हुन हुन लागेको हो । सभाध्यक्ष पदका लागि बिहान १० देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

काँग्रेसको समर्थनमा  एमालेले सभाध्यक्षका लागि नेता सुवा नेम्वाङलाई उम्मेदवार बनाउने तयारी गरेको छ । काँग्रेसले सरकार गठनअघि भएको सात बुँदे सहमतिका आधारमा एमाले उम्मेदवार नेम्वाङका पक्षमा मतादन गर्ने निर्णय गरिसकेका कारण नेम्वाङ सभाध्यक्ष बन्ने निश्चित छ ।

उनी अघिल्लो संविधानसभामा पनि सभाध्यक्ष थिए । प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले भने विपक्षी गठबन्धनको साझा उम्मेदवारका रुपमा नेता कृष्णबहादर महरालाई अघि सार्ने सम्भावना छ ।

यद्यपि उम्मेदवार खडा नगरी विपक्षमा मतदान गर्नुपर्ने मतसमेत  माओवादीमा देखिएको छ ।  यसैबीच व्यवस्थापिका–संसदमा प्रतिनिधित्व् गरेका सबै दलले आजको बैठकमा अनिर्वाय उपस्थित हुन आफ्ना सभासदलाई ह्वीप जारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us