प्रकाश दाहालले चितवनमा गाई पाल्ने

काठमाण्डु टुडे २०७० फागुन ५ गते १३:४८ मा प्रकाशित

काठमाण्डु, –एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालले गाई पालन गर्ने भएका छन् ।
Prakash Dahal
दाहालले पश्चिम चितवनको पटिहानीमा साइँला मामा हीमराज पौडेलसँग मिलेर व्यवसायिक गाई फार्म खोल्ने योजना बनाएका हुन् ।

त्यसका लागि मामा पौडेलको दुई बिगहा जमिन प्रयोग गर्ने दाहालले बताए । ‘गाई फार्मका लागि पटिहानीमा रहेको मामाको दुई बिगहा जमिन प्रयोग गछौं’, चितवनको भरतपुरमा रहेका दाहालले सोमबार साँझ काठमाण्डु टुडेसँग टेलिफोनमा भने, ‘त्यही जग्गा धितो राखेर गाई पालनका लागि बैंकबाट ऋण लिने प्रक्रियामा छौं ।’
गत केन्द्रीय समिति बैठकमा केही सदस्यले संविधानसभा निर्वाचनमा पार्टी हार्नुमा प्रकाशको गतिविधि पनि कारक रहेको बताएपछि उनले प्रचण्डको सचिवालय छाडेको घोषणा यसअघि नै गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us