घनले हानेर श्रीमतीको हत्या

काठमाण्डु टुडे २०७० फागुन २ गते १३:४३ मा प्रकाशित

सुर्खेत, २ फागुन । सुर्खेतको कुनाथरी १ का एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

पूर्णबहादुर सलामीले गएराति घनले हानेर श्रीमती देउकुमारी सलामीलाई गम्भीर घाइते बनाएका थिए ।

शुक्रबार श्रीमती देउकुमारी विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सलामीका श्रीमान पूर्णबहादुर फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us