एक किलो सुनसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७० फागुन २ गते १०:१८ मा प्रकाशित

काठमाण्डु, २ फागुन – प्रहरीले काठमाण्डु छिर्ने प्रमुख नाका थानकोटबाट एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

जेथाल ६ सिन्धुपाल्चोकका २४ वर्षका दिपक श्रष्ठलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

निजी कारमा काठमाण्डु आइरहेका श्रेष्ठलाई प्रहरीले चेकपोष्ट भन्दा तीन किलोमिटर तलबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us