अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सर्‍यो

काठमाण्डु टुडे २०७० फागुन २ गते ७:०८ मा प्रकाशित

akhil-krantikari-flag1_20130519042531काठमाण्डु, २ फागुन – एकीकृत नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीको १९ औं राष्ट्रिय सम्मेलनको मिति सरेको छ ।

यही फागुन २१ गतेबाट सुरु हुने भनिएको सम्मेलन आगामी चैतका लागि सारिएको हो ।

सम्मेलन आगामी चैत २१ देखि २४ गतेसम्म काठमाण्डुको किर्तिपुरमा हुने संगठनका सचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।

आन्तरिक कार्यतालिकामा चापका कारण सम्मेलनको मिति सार्नु परेको उनले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us