अफगानिस्तानमा ६५ तालिवान कैदी मुक्त

काठमाण्डु टुडे २०७० फागुन १ गते ९:४९ मा प्रकाशित

काबुल, १ फागुन– अफगानितानको राजधानी काबुलदेखि उत्तरमा पर्ने बागरम प्रान्तमाअवस्थित कारागारमा रहेका ८८ जना खतरनाक कैदीमध्ये ६५ जनालाई मुक्त गरिएको समाचार छ ।    बागरम जेलबाट बिहीबार बिहान ६५ जना तालिवान कैदी मुक्त भएका छन् ।

उक्त निर्णय अफगानिस्तानका राष्ट्रपति हमिद कारजायीबाट नियुक्ति  पाएका पुनर्विचार परिषदका सदस्यहरुले गरेका छन । सो समाचार न्यायाधिवक्ता कार्यलयले पुष्टि गरेको कारागार प्रवक्ता मेजर निमातुल्लाह खाकीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यद्यपि अफगानिस्तानमा तालिवान लडाकूसँग युद्धरत अमेरिकी सैनिक यस निर्णयको विपक्षमा रहेका छन् । उनीहरुका अनुसार यी कैदीहरु ‘डरलाग्दा अपराधी’ हुन् ।

अफगानिस्तानमा यस वर्षको सुरुमा हालसम्म ६ सय ५० भन्दा बढी  तालिवान कैदी मुक्त गरिएको बताइएको छ ।

त्यसैबीच प्राप्त अर्को समाचारअनुसार अफगानिस्तानको यस निर्णयको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ ।

अफगानिस्तानले तालिवानसँग आबद्ध ६५ जना लडाकूलाई जेल मुक्त गर्नु ‘गहिरो खेदजनक’ निर्णय भएको अमेरिकाको भनाइ रहेको छ । यस निर्णयले युद्धगस्त यस देशमा थप हिंसालाई निम्त्याउने अनुमान गरिएको छ ।

यस निर्णयको प्रतिफल अफगान सरकारले जिम्मेवारी बहन गर्नुपर्ने अफगानिस्तानस्थित अमेरिकी राजदूतावासले जनाएको छ । सिन्ह्वा/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us