गृह नपाए पनि एमाले सरकारमा आउँछ: पौडेल

काठमाण्डु टुडे २०७० माघ २९ गते ६:०७ मा प्रकाशित

Ramchandra-Paudelपोखरा, २९ माघ– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एमालेलाई गृहमन्त्री दिनेबारे कुनै सहमति नभएको बताएका छन् ।
पोखरा विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले एमालेले हुँदै नभएको सहमतिको हल्ला चलाएको टिप्पणी गरेका हुन् ।
उनले नभएको सहमतिबारे अनावश्यक हल्ला गर्न छाडेर सरकारलाई पूर्णता दिनेबारे छफलमा बस्न एमालेलाई आग्रह गरे ।

‘एमालेलाई गृह मन्त्रालय दिने सहमति कतै भएको छैन’, पौडेलले भने, ‘हुँदै नभएको सहमतिको हल्ला फिंजाएर कसैलाई फाइदा हुँदैन ।’
जनभावनाअनुसार एक वर्षभित्र संविधान जारी गर्न क्रियाशिल हुनुपर्नेमा एमालेले सत्ता केन्द्रित राजनीति गर्न खोजेको आरोप उनले लगाए ।
पौडेलले गृह मन्त्रालयको अडान छाडेर एमाले काँग्रेस नेतृत्वको सरकारमा आउले दाबी पनि गरे ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us