बन्यो जम्बो मस्यौदा समिति

काठमाण्डु टुडे २०७० माघ २९ गते ३:०७ मा प्रकाशित

ca houseकाठमाण्डु, २९ माघ– संविधानसभा निर्वाचन सकिएको तीन महिनापछि कार्य सञ्चालन नियमावली मस्यौदा समिति गठन भएको छ ।

नयाँबानेश्वरमा बुधबार बसेको संविधानसभा बैठकले सर्वसम्मतिले ४९ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । बैठकमा त्यससम्बन्धी प्रस्ताव काँग्रेस सभासद चिनकाजी श्रेष्ठले पेश गरेका थिए भने एमाले सभासद भीम आचार्यले समर्थन गरे ।

कार्यव्यवस्था परामर्श समितिले १४ सदस्यीय मस्यौदा समिति बनाउन सिफारिस गरे पनि साना दलले आपत्ति जनाएपछि उनीहरुलाई समेत सहभागी गराएर समिति गठन गरिएको हो ।

समितिलाई कार्यआरम्भ गरेको १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । यस्तै बैठकले कार्यव्यवस्था परामर्श समितिमा केही सदस्य थप भएका छन् । संविधानसभाको अर्को बैठक आगामी फागुन ४ गते १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

समितिमा सभासद्हरु अतहर कमाल मुसलमान, अम्बिका बस्नेत, आनन्दप्रसाद ढुङ्गाना, ओनसरी घर्ती, एकनाथ ढकाल, कर्णबहादुर थापा, कुमार खड्का, कुन्तीकुमारी शाही, कृष्णभक्त पोखरेल, गोपाल दहित, चन्देश्वर झा, जयदेव जोशी, जयन्तीदेवी राई, जीवन परियार, जितेन्द्रनारायण देव, डिम्पलकुमारी झा, धर्मेन्द्रकुमार साह तेली, नरहरि आचार्य र नरेन्द्र साह कलबार  छन् ।
यस्तै समितिमा रहने अन्य सदस्यमा प्रभु साह, प्रेमबहादुर सिंह, प्रेम सुवाल, विश्वेन्द्र पासवान, बृजेशकुमार गुप्ता, भीमबहादुर रावल, भीष्मराज आङ्देम्बे, मदनकुमारी शाह र महेश आचार्य, मीना पुन, मेघराज नेपाली, रमेश लेखक, राधादेवी तिमिल्सिना, रामकुमार राई, रामकृष्ण यादव, रामनारायण विडारी, रुकमिणी चौधरी, रेवतीरमण राजभण्डारी, लक्ष्मण राजवंशी, लक्ष्मणलाल कर्ण, लालबाबु राउत, लोकमणि ढकाल, विक्रमबहादुर थापा, शक्तिबहादुर बस्नेत, शिवकुमारी गोतामे सार्की, शिवचन्द्र चौधरी, शिवलाल थापा, सरिताकुमारी यादव, सुनीलबहादुर थापा र हरिचरण साह छन् ।

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us