महान्यायाधिवक्ता रेग्मीबाट राजीनामा

काठमाण्डु टुडे २०७० माघ २८ गते ९:१८ मा प्रकाशित

काठमाण्डु, २८ माघ– महान्यायाधिवक्ता द्रोणराज रेग्मीले पदबाट राजीनामा दिएका छन् ।
नयाँ सरकार गठन भएलगत्तै रेग्मीले राजीनामा दिएका हुन् । उनले बुधबार राष्ट्रपति रामवरण यादवसमक्ष राजीनामा बुझाएका हुन् ।

नयाँ सरकार बनेपछि राजीनामा दिनुपर्ने प्रचलनअनुसार आफूले राजीनामा दिएको रेग्मीले बताए । उनलाई खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले महान्यायाधिवक्ता नियुक्त गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us