२४ घण्टाभित्र डिन नियुक्त गर्न प्रधानन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०७० माघ २८ गते ९:३२ मा प्रकाशित

काठमाण्डु, २८ माघ– नवनियुक्ति प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टाभित्र त्रिवि चिकित्शासास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति गर्न त्रिभुवन विश्वविद्यालय sushilपदाधिकारीलाई निर्देशन दिएका छन् ।
सिंहदरबारमा पदभार ग्रहण गरेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले डिन नियुक्त गर्न निर्देशन दिएको हो । वरिष्ठताका आधारमा डिन नियुक्ति र त्रिवि पदाधिकारीलाई बर्खास्त गर्न माग गर्दै त्रिवि शिक्षण अस्पतालका पदाधिकारी र चिकित्सक आन्दोलनमा छन् ।

उनीहरुले मंगलबार सामूहिक राजीनामा दिए । सोही माग राखेर प्राध्यापक डा. गोविन्द केसी आमरण अनशनमा छन् । यसअघि १४ दिने अनशन तोड्ने क्रममा सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै केसी शनिबारदेखि पुन: अनशन बसेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us