५ हजार भुक्तानी पनि वेवसाइटमा देखिने

काठमाण्डु टुडे २०७० माघ २८ गते ११:३९ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २८ माघ – राष्ट्रपतिबाट सपथग्रहण गरेलगत्तै प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका प्रधानमन्त्री सुशील कोइरालाले ५ हजार रुपैयाँ भन्दा बढीको भुक्तानी दिँदा वेबसाइटमा सूचना राखेपछि मात्रै भुक्तानी दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

त्यसअघि कोइरालाले शहीद गेट पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनलाई मुख्य सचिव लिलामणी पौडेललले प्रधानमन्त्री कार्यालयमा स्वागत गरे ।

२७ माघमा व्यवस्थापिका संसद् सदस्यहरुको दुई तिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले बिना बिभागीय मन्त्रीको रुपमा कांग्रेस नेता रामशरण महतलाई सपथ ग्रहण गराएका थिए ।

उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लागु गरिने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us