आमाछोरा नै यौन व्यवसायमा संलग्न भएपछि

काठमाण्डु टुडे २०७० माघ २८ गते ९:२० मा प्रकाशित

बारा, २८ माघ – बाराको कलैयामा अवैध यौन व्वयसाय सञ्चालन गरेर बसेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति प्रहरीले यौन व्यावसायमा संलग्न रहेको आरोपमा अमाछोरालाई पक्राउ गरेको हो । स्थानीय बासिन्दाको सहयोगमा उनीहरुलाई प्रहरीले बाराको कलैया नगरपालिका वडा नं ८ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना आमा छोरा (नाम सार्वजनिक नगरिएको) हुन् ।

दुवैले आफनो घरमा यौन व्यावसाय संचालन गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको र उनीहरु विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाईने बाराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताउनुभयो ।

यौन व्यावसाय गरेकै आरोपमा दुई वर्ष अघि पनि उनीहरु दुवै जना कलैयाको देवकोटा चोकबाट पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us