सुशील प्रधानमन्त्री भएकोमा राष्ट्रपति खुसी

काठमाण्डु टुडे २०७० माघ २८ गते ६:३० मा प्रकाशित

Ram-Baran-Yadavकाठमाण्डु, २८ माघ – राष्ट्रपति डा. रामवरण यादवले नयाँ सरकार गठनप्रति खुसी व्यक्त गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले देशले लामो समयपछि जनप्रतिनिधिले चुनेको प्रधानमन्त्री पाएको भन्दै खुशी व्यक्त गरेका हुन् ।

जनताको प्रतिनिधिबाट चयन भएको व्यक्तिले सपथ खाने र जिम्मेवारी बहन गर्नेभएकाले जनताको काम आजैदेखि सुरु हुने उनको भनाई छ ।

राष्ट्रपति यादवले संविधान भित्रै रहेर राष्ट्रको सेवा गर्न नवनिर्वाचित प्रधानमन्त्री सुशिल कोइरालालाई आग्रह गरेका छन् ।

विगतका कमीकमजोरीबाट पाठ सिक्दै नयाँ र अनुकरणीय काम गर्न उनको सुझाव छ ।

अहिले अख्तियार दूरुपयोग अनुसन्धान आयोगले जनतालाई जगाउने काम गरिरहेको भन्दै राष्ट्रपति यादवले यसलाई निरन्तरता दिन आग्रह समेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us