भ्रष्टाचारको आरोपमा विद्युत प्राधिकरणका पाँच कर्मचारीविरुद्ध मुद्दा

काठमाण्डु टुडे २०७० माघ २७ गते १४:३१ मा प्रकाशित

CIAAकाठमाण्डु, २७ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल विद्युत प्राधिकरण, इटहरी वितरण केन्द्रका पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उक्त केन्द्रका ‘स्टोरकिपर’ अर्जुनकुमार कटुवालले प्राधिकरणलाई ६० लाख ८८ हजार हिनामिना गरेको पुष्टि भएकाले उक्त रकम निजबाट असुलउपर गर्न माग गर्दै आयोगले मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार वितरण केन्द्रको जिन्सी सामानको भौतिक परीक्षण गरी प्रतिवेदन तयार गर्दा गलत विवरण दिएको अभियोगमा  इन्जिनियरद्वय मनोज ठाकुर र इम्तियाज आलम, लेखा अधिकृत हेमराज इटनी र भेषराज घिमिरविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९बमोजिम सजायको मागदाबीसहित मुद्दा दायर गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us