प्रधानमन्त्रीको सपथ बुधबारमात्रै

काठमाण्डु टुडे २०७० माघ २७ गते १०:०५ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २६ माघ – नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाको सपथ ग्रहण बुधबार बिहान १० बजे मात्र हुने भएको छ।

दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसका सभापति कोइरालाले ४ सय ५ मत ल्याएका थिए ।

प्रधानमन्त्रीको अर्को दाबेदार थिएनन् । उनको विपक्षमा १ सय ४८ मत पर्‍यो। व्यवस्थापिका संसदको कार्यतालिका अनुसार सोमबार प्रधानमन्त्रीको निर्वाचन भएको हो।

राप्रपा नेपालले भने उनको विपक्षमा मत दिने जानकारी अध्यक्ष कमल थापाले संसदलाई गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us