त्रिवि शिक्षण अस्पतालमा नयाँ डिन नियुक्तिको तयारी

काठमाण्डु टुडे २०७० माघ २७ गते ४:५९ मा प्रकाशित

काठमाण्डु, २७ माघ– चिकित्साशास्त्र अध्ययन संस्थानमा तत्काल नयाँ डिन नियुक्त गर्न सरकारले फेरि निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालय Teaching Hospitalआन्तरिक गृहकार्यमा जुटेको छ ।
विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले आवश्यक विधि र प्रक्रिया पूरा गरी डिन नियुक्तिको तयारी भइरहेको जानकारी दिए ।
आफूसँग भएको सहमतिअनुसार वरिष्ठताका आधारमा डिन नियुक्ति नगरिएको भन्दै वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. गोविन्द केसीले  शनिबारबाट पुन: अनसन सुरु गरेपछि त्रिवि डिन नियुक्तिको प्रक्रियामा लागेको हो ।
यसैबीच त्रिवि कार्यकारी परिषद्ले डा. भगवान कोइरालाको राजीनामा स्वीकृत गरी डा. रतिन्द्र श्रेष्ठलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएपछि शिक्षण अस्पतालको समस्या थप बल्झिएको छ ।
अस्पतालका आवासीय चिकित्सक र विद्यार्थीले जुनियरलाई निर्देशक बनाइएको भन्दै कार्यकारी निर्देशकलाई काम गर्न नदिने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us