बालुवाटारबाट सिधै घर जाने खिलराजको तयारी

काठमाण्डु टुडे २०७० माघ २७ गते ३:३० मा प्रकाशित

काठमाण्डु, २७ माघ– प्रधानन्यायाधीशसमेत रहेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी सर्वोच्च अदालत नफर्कने भएका छन् ।

khilraj
रेग्मीनिकट स्रोतका अनुसार बार एसोसिएसनको विरोध तथा प्रधानन्यायाधीशको कार्यकाल केही महिना मात्र रहेका कारण रेग्मी अदालत नफर्कने मनस्थितिमा पुगेका हुन् ।

बारले रेग्मी अदालत फर्किन प्रतिकार गर्ने चेतावनी दिँदै आएको छ । उनको पदावधि आगामी जेठमा सकिँदैछ । उनी अदालत फर्कने वा नर्फने भन्नेमा विभिन्न अड्कालवाजी भइरहेका बेला रेग्मी अदालत नजाने निष्कर्षमा पुगेका हुन् ।

उनले आज साँझ वा भोलिसम्ममा विज्ञप्ति जारी गरी त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्नेछन् । दलहरुबीचको सहमतिमा रेग्मी गत वर्षको १ चैतमा संविधानसभा निर्वाचन गराउने जिम्मेवारीसहित मन्त्रिपरिषद् अध्यक्ष बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us