खिलराजलाई रोक्न वकिलहरुको यस्तो तयारी

काठमाण्डु टुडे २०७० माघ २७ गते २:५१ मा प्रकाशित

Khilaraj-Regmiकाठमाण्डु, २७ माघ– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई अदालत फर्कनबाट रोक्ने रणनीतिमा रहेको कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले आन्दोलनका नयाँ कार्यक्रम तय गर्ने भएको छ ।
त्यसका लागि बारले दिउँसो साढे १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । रामशाहपथस्थित कार्यालयमा बस्ने बैठकले रेग्मीलाई अदालत फर्कन नदिन के गर्ने भन्नेबारे निर्णय लिने महासचिव सुनिल पोखरेलले जानकारी दिए ।

नयाँ सरकार गठनलगत्तै रेग्मीले अदाल त फर्कने मनसाय देखाएकाले विरोध गर्न लागिएको पोखरेलले बताए । यसअघि हिजो बसेको बार पदाधिकारी बैठकले रेग्मीलाई कुनै हालतमा अदातल प्रवेशमा रोक लगाउने र जवर्जस्ती गरे प्रतिकार गर्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us