यस्तो छ कांग्रेस एमालेबीच भएको ६ बुँदे सहमति

काठमाण्डु टुडे २०७० माघ २६ गते १०:३९ मा प्रकाशित

congress and umlकाठमाण्डु, २६ माघ – नेपाली कांग्रेस र एमालेबीच ६ बुँदे सहमति भएको छ । सरकार गठन प्रक्रियालाई अघि बढाउने र समयमै संविधान निर्मा गर्न दुई दलबचीय यस्तो सहमति भएको हो ।

संविधान जारी नभएसम्म अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिने सहमति भएको छ । नयाँ बानेश्वरमा बसेको दुई दलको बैठकमा नयाँ संविधान नबनेसम्म अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिने सहमति भएको हो ।

‘संविधान जारी नभएसम्म अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिनका लागि उहाँको कार्यकाल संसदबाट अनुमोदन गर्नुपर्ने सहमति भएको छ,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘यसमा कांग्रेस पनि सकारात्मक देखिएको छ ।’ sahamati

दुईदलबीच यस्तो सहमति भएसँग अन्तरिम संविधान २०६३ संसोधन हुने भएको छ । संविधान संसोधनका लागि सरकारले आइतबार नै त्यससम्बन्धि विधयक आइतबार नै संसद सचिवालयमा टेबल गर्ने बुझिएको छ । कांग्रेस र एमालेबीच भएकाे सहमतिमा सभामुख भने एमालेलाई दिने उल्लेख गरिएको छ ।

दुई दलबीच भएको सहमति अनुसार संविधानसभा अध्यक्ष एमालेको भागमा परेको छ भने गृह मन्त्रालय पनि एमालेले नै पाउने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us