हात्तीपाइलेविरुद्धको अभियान जारी

काठमाण्डु टुडे २०७० माघ २६ गते ४:४२ मा प्रकाशित

काठमाण्डु, २६ माघ– सरकारले मुलुकका विभिन्न ३१ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आज पनि जारी राखेको छ ।
Hattipaileसरकारले यो वर्षको पहिलो चरण अन्र्तगत हिजोबाट पूर्वाञ्चलका ११, पश्चिमाञ्चलका ५,  मध्यपश्चिमका १० र सुदूरपश्चिमका ५ जिल्लामा हात्तीपाइलेविरुद्धको अभियान थालेको थियो ।
पहिलो चरणको अभियान भोलिसम्म जारी रहने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दोश्रो चरणमा हात्तीपाइलेको उच्च जोखिममा रहेका काठमाण्डु उपत्यकाका ३ सहित ९ जिल्लामा औषधि खुवाउने कार्यक्रम छ ।
मुलुकका ५६ जिल्लामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ ।  हात्तीपाइलेविरुद्धको औषधिको गुणस्तरमा प्रश्न उठेपछि औषधि खानेको संख्या घटेको छ ।
स्वास्त्य मन्त्रालयले हात्तीपाइलेको औषधिबारे फैलिएको नकारात्मक हल्लामा सत्यता नरहेको भन्दै ढुक्क भएर खान सर्वसाधारणलाई आग्रह गरेको छ ।
हात्तीपाइलेको परजिवी भएका व्यक्तिले औषधि सेवन गरेपछि ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य असर देखिए पनि आफैं निको हुने चिकित्सकले बताएका छन् ।
तर दुई वर्षभन्दा उमेरका बालबालिका, गर्भवती र सुत्केरी महिला तथा छारे रोग भएकाहरुले औषधि सेवन गर्न नहुने चिकित्सकको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us