सिरियाको द्वन्द्व प्रभावित होम्स सहरमा खाद्यान्न वितरण सुरु

काठमाण्डु टुडे २०७० माघ २५ गते १०:१९ मा प्रकाशित

काठमाण्डु, २५ माघ– युद्धको चपेटामा परेका सिरियाको होम्स सहरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य सुरु भएको छ ।
siriyaसंयुक्त राष्ट्रसंघको मध्यस्थतामा स्वीटजरल्याण्डको जेनेभामा द्विपक्षीय वार्ता भएलगत्तै प्रभावित क्षेत्रबाट पहिलो चरणमा एक दर्जनभन्दा बढी महिला तथा पुरुषलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ ।

सो क्षेत्रमा खाद्यान्न तथा औषधिसहित राहत सामग्री वितरणकार्य समेत थालिएको छ । सिरियाली सरकार र विद्रोही पक्षबीच होम्स सहरमा अस्थायी सम्झौता भएको दोस्रो दिन सो क्षेत्रका नागरिकलाई खाद्यान्न वितरण गरिएको हो ।

युद्धका कारण होम्सका सयौं नागरिक केही समययता खाना र पानीसमेत नपाएर बिरामी परेका थिए । सिरियाको तोस्रो ठूलो सहर होम्समा युद्धका कारण करिब तीन हजार मानिस फसेका थिए ।

होम्स सहरका अधिकांश क्षेत्र युद्धका कारण खण्डहरमा परिणत भएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us