गहिरिएर अनुहार हेर्नुस्, उसको चरित्र थाहा पाउनुस

काठमाण्डु टुडे २०७० माघ २४ गते १२:१० मा प्रकाशित

faceकाठमाण्डु, माघ – जब कसैले कोही मान्छे भेट्छ भने उसको पहिला नजर नयाँ व्यक्तिको अनुहारमै जान्छ ।

यदि उसको अनुहारको बनावटलाई ध्यान दिएर हेर्ने हो भने उक्त व्यक्तिको चरित्र थाहा पाउन सकिन्छ ।

नाक, शीर, आँखा, परेला, कान र आँखिभौंलाई नियालेर हेर्ने हो भने मान्छेको चरित्र थाहा पाउन सकिने ज्योतिषशास्त्रीहरुले बताएका छन् ।

ज्योतिषको सामुद्रिक विद्याले यस्तो पत्ता लगाउने उनीहरुको भनाइ छ ।

अनुहारको रंगले उसको व्यक्तित्व थाहा हुने ती ज्योतिषहरुले दावी गरेका छन् ।

यसबाटै मान्छेको भविष्यसमेत बताउन सकिने उनीहरुले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us