पर्सामा महिला हिंसाका घटना बढ्दो

काठमाण्डु टुडे २०७० माघ २४ गते ३:२० मा प्रकाशित

rapeeपर्सा, २४ माघ – महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि चौतर्फी पहल भएपनि पर्सामा गएको एक वर्षमा हिंसामा परेर न्यायको माग गर्दै प्रहरी समक्ष पर्ने उजुरीको सङ्ख्या बढ्दो छ ।

न्यायका लागि माग गर्दै प्रहरीसमक्ष गत वर्ष ११० वटा र माहिला तथा बालबालिका सेवा केन्द्र पर्सामा पनि न्यायका लागि ११० वटा नै उजुरी परेको जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा नै जघन्य अपराधतर्फ ५० र सामान्य हिंसाका ७९ हुनुले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा कमी नआएको महिला सेलले जनाएको छ ।

महिला सेलमा परेका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज र कुटपिटका ३९, परिवारमा खान–लाउन नदिएका ४७, घरायसी झैझगडा २१ र बहु विवाहका ३ रहेका छन् ।

त्यस्तै जघन्य अपराधतर्फ हिंसाका कारण आत्महत्या २३, जबर्जस्ती करणी १०, मानव बेचबिखन तथा ओसारपसारमा ५, जबरजस्ती करणी उद्योगमा ३ र अन्य २७ रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us