कस्तो हुन्छ फेसबुकले बनाइदिने फिल्म !

काठमाण्डु टुडे २०७० माघ २३ गते १३:३० मा प्रकाशित

facebookकाठमाण्डु, माघ – सामाजिक सञ्जाल फेसबुकले ‘फेसबुक लुकब्याक’ अन्तर्गत प्रयोगकर्ताको विषयमा जानकारी समेटिएको एक मिनेट लामो सामग्री टाइमलाइनमा पोष्ट गरिदिन थालेको छ ।

फेसबुकले प्रत्येक प्रयोगकर्ताको टाइमलाइनमा उसका महत्वपूर्ण घटनाहरु समावेश सामग्री पोष्ट गरिदिएको हो ।

एक मिनेट दुई सेकेण्ड लामो रहने सामग्रीमा फेसबुक सुरु गरेको समय, पहिलो तस्बिर, धेरै लाइक तथा सेयर भएका तस्बिर समावेश भएका सामग्री पोष्ट गरिदिन थालेको हो ।

आफ्ना साथीको टाइमलाइनमा सेयर भएको लिंकमा क्लिक गर्दा आफ्नोमा पनि त्यस्तै सामग्री पोष्ट हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us