पाल्पा दुर्घटनामा ज्यान गुमाउने १३ जनाको सनाखत

काठमाण्डु टुडे २०७० माघ २३ गते १३:१७ मा प्रकाशित

तानसेन, २३ माघ– पाल्पाको चिदीपानीमा यात्रुबाहक बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते हुने तीन जनाको लुम्बिनी मेडिकल कलेज र चार जनाको युनाइटेड मिसन अस्पातालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा नेपाल प्रहरीमा कार्यरत दुई प्रहरी जवान गुल्मी म्यालपोखरी गाविस घर भई पोखराको बगर प्रहरीचौकीमा कार्यरत २६ वर्षीय गिरिराज भट्टराई र गुल्मी सिमीचौर गाविस घर भई धौलागिरि अञ्चल कार्यालयमा कार्यरत  डिनबहादुर बस्नेत रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक शिवराज श्रेष्ठले बताए ।

दुर्घटनामा परी मुत्यु हुने अन्यमा गाडी चालक पाल्पा मुभुङ १ बस्ने रोमनसिंह राना, गाडी मालिक बाग्लुङ भीमगेढीका मोहन केसी, रुकुम मरवानका ९ का राजबहादुर गुरुङ, पर्वत ठूलापोखरी गाविसका बाबुराम आचार्य, विराटनगर उपमहानगरपालिकाका ४९ वर्षीय गोपाल ढकाल, बर्दिया मङ्गढी ९ बस्ने २१ वर्षीय विराटसिंह ठकुरी, पर्वत गौलालाकुरी २ बस्ने २२ वर्षीय राजकुमार सुनार, कास्की भरतपोखरी १ बस्ने ३५ वर्षीय वृद्धि विक, अर्घाखाँची नरपानी गाविस ८ बस्ने पदम भाँकी, दाङ कौडीया ८ बस्ने ३१ वर्षीय टेकराज पौडेल र बर्दिया मगरागढी ९ बस्ने २७ वर्षीय राम ओली छन् ।

मृतकका आफन्त शव लिन जिल्ला अस्पताल पाल्पा र जिल्ला प्रहरी कार्यालयमा आएका छन् । पोखराबाट भैरहवातर्फ जाँदै गर्दा पाल्पा जिल्लाको चिदीपानी गाविस–२ भालुखोलामा लु १ ख ४९२४ नंको यात्रुबाहक बस आज राति २ बजेतिर  सडकबाट ३०० मिटर तल खस्दा क्षतिग्रस्त बनेको थियो ।

रातको समयमा बस दुर्घटनामा परेका कारण उद्धारमा समस्या भएको थियो ।

अहिले स्थानीयवासी र नेपाल प्रहरीले विहानरी उद्धारमा खटिएको प्रहरीले जनाएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान  छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us