सिंगो गाविस नै स्वास्थ्यकर्मी विहीन !

काठमाण्डु टुडे २०७० माघ २२ गते १३:५९ मा प्रकाशित

मुगु – जिल्लाको उत्तरी भेगका अधिकांश गाविसका स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्यकर्मी नबस्दा स्थानीय बासिन्दा मर्कामा परेका छन् ।

मुगु, किम्दी, दोल्कू र पुलु गाविसमा रहेका स्वास्थ्य केन्द्र, उपचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय बासिन्दा सानातिना रोग लाग्दा पनि सदरमुकाम गमगडीस्थित स्वास्थ्य केन्द्रहरुको भर पर्नुपरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट अनुगमन पनि नहुने र स्थानीय राजनीतिक दलका प्रतिनिधिलाई सम्बन्धित कर्मचारीहरूले आफ्नो प्रभावमा पारेपछि लामो समय स्वास्थ्य केन्द्रमा नबस्दा पनि कुनै कारबाही हुने गरेको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us