सुसाइड नोट लेखेर युवतीले गरिन आत्महत्या

काठमाण्डु टुडे २०७० माघ २२ गते ९:३३ मा प्रकाशित

भक्तपुर २२ माघ – भक्तपुरमा एक किशोरीले घरको भर्‍याङमा पासो लगाएर आत्महत्या गरेकी छन् ।

सुसाइड नोट लेखेर भक्तपुर सिरुटार २ चारदोबाटो बस्ने १७ वर्षकी सविना कार्कीले आत्महत्या गरेकी हुन् ।

भिएस निकेतनमा कक्षा ११ मा अध्ययनरत कार्कीले आफ्नै घरको भर्‍याङमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सुडाइड नोटमा सविनाले बाँच्ने चाहना नभएर आत्माहत्या गरेको लेखेको र यसमा कसैको दोष नभएको लेखेको प्रहरीले जनाएको छ ।

उनले नोटमा आफ्नो प्रेम प्रसंगको बारेमा पनि उल्लेख गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us