विद्युत् चोरी गर्ने चौध जना कारबाहीमा

काठमाण्डु टुडे २०७० माघ २२ गते ८:२२ मा प्रकाशित

गोरखा, २२ माघ–नेपाल विद्युत् प्राधिकरण गोरखाले विद्युत् चोरी गर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ ।     विगत एक हप्ताभित्र विद्युत् चोरी गर्ने १४ जनालाई कारबाही गरिएको प्राधिकरण शाखा प्रमुख ज्ञानेन्द्र आचार्यले जानकारी दिए ।
कारबाहीबाट ३० हजार रकम सङ्कलन भएको उनले बताए । जरिवाना तिर्न बाँकी भएका र कार्यालयको सम्पर्कमा नआएकालाई प्रहरी लगाई खोजी गरिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us