बहुमतीयबाट प्रधानमन्त्री चयन प्रक्रिया सुरु हुँदै

काठमाण्डु टुडे २०७० माघ २० गते २:३० मा प्रकाशित

काठमाण्डु, २० माघ– राष्ट्रपति रामवरण यादवले दिएको एक साताको समयसीमाभित्र सहमतीय सरकार गठन हुन नसेपछि आजबाट बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।
shital niwasराष्ट्रपति कार्यालयले आज नेपालको अन्तमि सविधान–२०६३ को धारा ३८ (२) अनुसार बहुतीय सरकार गठनको आग्रह गर्दै प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन संस्द सचिवालयलाई पत्राचार गर्ने तयारी गरेको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले दलहरुले सहमतीय सरकारका लागि समय थप्न आग्रह नगरेका कारण आजै संसद सचिवालयलाई पत्राचार गर्ने तयारी भएको जानकारी दिए ।

राष्ट्रपति कार्यालयको पत्र पाएलगत्तै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया थाल्नेछ । राष्ट्रपतिले संविधानको धारा ३८ (१) अनुसार सहमतीय सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा हिजो सकिएको थियो ।

यसैबीच संविधानसभाको पहिलो ठूलो दल नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनको गृहकार्य सुरु गरेको छ ।

काँग्रेसले भावी प्रधानमन्त्रीमा सभापति सुशील कोइरालालाई अघि सारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us