विवादका कारण एमाले सभासदको प्रशिक्षण स्थगित

काठमाण्डु टुडे २०७० माघ १९ गते १३:०० मा प्रकाशित

UML Logo originalकाठमाण्डु, १९ माघ– शीर्ष नेताहरुबीच विवाद बढ्दै जाँदा एमालेले सभासदलाई दिने भनेको प्रशिक्षण रोकिएको छ ।

एमालेले आइतबारका सभासदलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेपनि संसदीय दलको नेता को बन्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा प्रशिक्षण नै रोकिएको हो ।

संसद बैठक लम्बिएका कारण प्रशिक्षण रोकिएको भनिएपनि नेताहरुबीच आफ्नो पक्षमा लविङ होडबाजी चलेकाले प्रशिक्षण स्थगित भएको एमाले स्रोतले काठमाण्डु टुडेलाई जनाएको छ ।

अर्काे कार्यक्रम केन्द्रीय कमिटीको बैठक र संसदीय दलको नेता चयनपछि तय हुने बताइएको छ । यही माघ १७ गतेको एमाले स्थायी कमिटी बैठकले सभासद्लाई प्रशिक्षण दिन पूर्वसभामुख सुवास नेम्वाङ प्रमुख रहेको संसदीय विभागलाई जिम्मेवारी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us