महोत्तरीमा प्रहरी र सशस्त्र समूहबीच भिडन्त

काठमाण्डु टुडे २०७० माघ १९ गते ७:३२ मा प्रकाशित

महोत्तरी, १९ माघ– महोत्तरीको हलखोरीमा प्रहरी र सशस्त्र समूहबीच दोहोरो भिडन्त भएको छ ।
भिडन्तमा सशस्त्र समूहका एक जनाको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय मृतकको सनाखत हुन नसकेको महोत्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट गएको विशेष गस्ती टोलीमाथि सशस्त्र समूहले शनिबार राति २ बजेको समयमा हलखोरी मरुवाही बीचमा गोली प्रहार गरेको थियो ।
घटनास्थलबाट सिक्सर एक थान र नलकटुवा पेस्तोल एक थान, नपड्किएका केही गोली तथा केही भारतीय र नेपाली सिमकार्ड समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्लामा हुने अपहरण, लुटपाटजस्ता घटना रोक्न  विशेष अभियान सञ्चालन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us