आज सर्वोच्चसहित देशभरका अदालत बन्द

काठमाण्डु टुडे २०७० माघ १९ गते २:४० मा प्रकाशित

suprime coartकाठमाण्डु, १९ माघ– पूर्वप्रधानन्याायधीश विश्वनाथ उपायायको निधनमा शोक मनाउन आज देशभरका अदालत बन्द भएका छन् ।
कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको अध्यक्षतामा शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले शोक मनाउन आइतबार सर्वोच्चतसहित, पुनरावदेन, जिल्ला र न्यायाधीकरणमा बिदा दिने निर्णय गरेको थियो ।
२०४७ सालको संविधानका प्रमुख मस्यौदाकारसमेत रहेका ८४ वर्षीय उपाध्यायको मस्तिष्कघातका कारण शुक्रबार राति निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us